• सोमबार ४-१८-२०८३/Monday 08-03-2026
  • 03:25:01
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुनपा–१२ सिम्लेजमा जिप दुर्घटना, १२ जना घाइते

दुलेगौंडा, १२ साउन । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडकखण्डमा आज दिउँसो यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।लामागाउँबाट दुलेगौडा आउदै गरेको लु.प्र. ०२–००१ ज ०२३१ नम्बरको टाटा सुमो जिप दिउँसो करिब १२ः४५ बजे अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटना भएको हो । जिपमा चालकसहित १२ जना सवार रहेको र दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमान्डमा ट्राफिकसहितको नौ जनाको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो । चालक शुक्लागण्डकी नगरपालिका–१२ निवासी ४८ वर्षीय केशबहादुर सुनारको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ । अन्य घाइतेहरूमा ५९ वर्षीय खेमबहादुर ठकुरी (दुवै हात र खुट्टामा चोट), ४० वर्षीया लक्ष्मी मल्ल (बायाँ खुट्टामा चोट), ३८ वर्षीय ढकबहादुर गुरुङ (छातीमा भित्री चोट तथा बायाँ खुट्टामा चोट), १९ वर्षीया निशा गुरुङ (हातमा चोट), ३८ वर्षीया टिका गुरुङ (खुट्टा र आँखामा चोट), ३७ वर्षीया सङ्गीता गुरुङ (बायाँ हातमा चोट), ३३ वर्षीया सूचना गुरुङ (बाहिरी चोट नदेखिएको), ५४ वर्षीया अन्जु ठकुरी (बायाँ हात र टाउकोमा चोट), ८ वर्षीय एलबिक ठकुरी (टाउकोमा चोट), १२ वर्षीय सौगात ठकुरी (अनुहारमा चोट) तथा ५१ वर्षीया झरिमाया खाँड (बायाँ हात र टाउकोमा चोट) रहेका छन् । चालकबाहेक सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ पुरुष, ६ महिला र २ बालक गरी कुल १२ जना घाइते भएका हुन् ।  घाइतेको जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, बेलचौतारामा उपचार भइरहेको छ। एक जनालाई पोखरा रिफर गरिएको छ ।
 

प्रतिकृया दिनुहोस