• सोमबार ४-१८-२०८३/Monday 08-03-2026
  • 03:27:12
  • ON AIR
  • UP NEXTBhakti Darshan

नेपाल वन पैदावार उद्योग व्यवसायी समितिले भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण

दुलेगौंडा, १५ साउन । 
नेपाल वन पैदावार उद्योग व्यवसायी समिति, तनहुँले आज शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरेको छ । क्याम्पस परिसरमा एक सय आँप र लिचीका बिरुवा रोपिएको समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठले जानकारी दिए । सो अवसरमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले रोपिएका विरुवालाई संरक्षण गरि हुर्काउनुपर्नेमा जोड दिए । उनले क्याम्पसको विकासकालागि नगरबाट २० लाख रुपैया विनियोजन गरिएको जानकारी दिए । 
डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले  कार्यालयले विभिन्न व्यवसायिक संस्था तथा समितिसँगको सहकार्यमा विभिन्न क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको बताए । तनहुँमा हालसम्म करिब १८ हजार हेक्टर क्षेत्रमा वृक्षारोपण सम्पन्न भएको उनले जानकारी दिए ।  कार्यालयमार्फत ३८ हजारभन्दा बढी बिरुवा वितरण गरिएको छ । कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्ष तथा शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेपाल वन पैदावार उद्योग व्यवसायी समिति, तनहुँका सचिव वशन्त सदाशंकरले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस