• सोमबार ४-१८-२०८३/Monday 08-03-2026
  • 03:22:27
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुक्लागण्डकीका विभिन्न स्थानमा सांसद न्यौपानेको जनसंवाद कार्यक्रम

दुलेगौंडा, १७ साउन । तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेले शुक्लागण्डकीका विभिन्न क्षेत्रमा सांसद जनसंवाद कार्यक्रम आइतवार सम्पन्न गरेका छन् । 
वडा नंं ३ मा आयोजित सांसद जनसंवाद कार्यक्रममा सांसद न्यौपानेले स्थानीयका गुनासा, सुझाव र विकाससम्बन्धी मागहरू सुन्दै जनतासँग भलाकुसारी गरेका थिए । स्थानीयले दुलेगौंडा–हर्कपुर मोटरमार्ग, विद्युतका ढलेका पोलको व्यवस्थापनबारे आवाज उठाएका थिए । वडा नं. ८ स्थित पाटनमा स्थानीयको गुनासो सुने । यसैगरी वडा नं. १२ फिरफिरेका सांसद न्यौपानेलाई सार्वजनिक ध्यानाकर्षण पत्र बुझाउँदै निर्वाचनका बेला गरिएका विकाससम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरे । ध्यानाकर्षणपत्रमा निर्वाचनका क्रममा गरिएको विकास, कृषि, पर्यटन, शिक्षा, रोजगारी तथा जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता स्मरण गराउँदै फिरफिरे क्षेत्रका नागरिक अझै पनि ती प्रतिबद्धता पूरा हुने अपेक्षामा रहेको उल्लेख गरिएको छ ।
 

प्रतिकृया दिनुहोस