• शुक्रबार ५-५-२०८३/Friday 08-21-2026
  • 03:08:35
  • ON AIR
  • UP NEXTBhakti Darshan

९० लाख लगानीमा दुलेगौंडामा दाउराको सेकुवा

दुलेगौंडा, २ भदौ । 
तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा दाउराको सेकुवा सोमवार शुभारम्भ भएको छ ।
मंगलबार शुनपा ४ का वडा अध्यक्ष राजकुमार वाग्लेले सो रेष्टुरेन्टको उद्घाटन गरे । विगत ४ वर्षदेखि हट एण्ड स्पाइसी सञ्चालन गर्दै आएका अर्जुन गुरुङले सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन । करिव ९० लाख लगानीमा सञ्चालित सो रेष्टुरेण्टमा ८ जनाले रोजगारी पाएका छन् । 
उद्घाटनको अवसरमा बोल्दै शुक्लागण्डकी नगरपालिका वडा नं। ४ का अध्यक्ष राज कुमार वाग्लेले स्वेदेशमै रहेर अरुलाई समेत रोजगारी दिन सफल भएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा सफलताको कामना गरे । सो रेष्टुरेण्ट हट एण्ड स्पाईसी भन्दा केहि घर तल रहेको छ । उद्घाटनको अवसरमा हट एण्ड स्पाईसीका संस्थापक ज्ञान गुरुङ लगायतले व्यवसायिक सफलताको शुभकामना दिए । हट एण्ड स्पाईसीका हाल देशभर १८ आधिकारिक शाखा रहेका छन् । दुलेगौंडाको हट एण्ड स्पाईसीको अनुभवलाई संगाल्दै युवा व्यवसायी अर्जुन गुरुङले दाउराको सेकुवा फराकिलो स्थानमा सञ्चालनमा ल्याएका हुन् ।

प्रतिकृया दिनुहोस