• बुधबार ५-१०-२०८३/Wednesday 08-26-2026
  • 11:09:14
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

शुक्ला हिलेटारको डिपिआर र पूर्णताकोलागि सरोकारवालाबीच अन्तरक्रिया


दुलेगौंडा, ९ भदौ । तनहुँको शुक्लागण्डकी ८ स्थित शुक्ला हिलेटार शिवालय क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र पूर्णताकालागि सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।

सोमवार शिवालय क्षेत्रमा  आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रकृतिलाई यथास्थानमा राखेर डिपीआर निर्माण गर्नुपर्नेमा जोड दिए । नगर उपप्रमुख खुम बहादुर विक राजुले कस्मेटिक्स भन्दा पुरातत्व र आध्यात्मिक चिन्तनलाई साथ दिन आग्रह गरे । सेती नदीको तटमा रहेको हिलेटार क्षेत्रमा दुग्देश्वर शिव मन्दिरसहित बृहत धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्नलाई धमाधम काम भैरहेको छ । शिखर र प्यागोडा शैलीको समिश्रणमा निर्माणाधिन मन्दिरको कामलाई पूर्णता दिन आर्थिक सहयोग संकलन भइरहेको अध्यक्ष परशुराम भण्डारीले बताए ।  इन्जिनीयर विनोद खड्काले  शिखर र प्यागोडा शैलीको समिश्रणमा निर्माणा हुने मन्दिर यस क्षेत्रकै नयाँपन हुने बताए ।सबैको सद्भाव र सहयोगले मात्रै योजनाले पूर्णता पाउने भएकाले आर्थिक सहयोग गर्न व्यवस्थापन समितिले आग्रह गरेको छ । 
 

प्रतिकृया दिनुहोस