तीजमा दुलेगौंडा र खैरेनीटार तीज गीत, सहनशिल र सिद्धार्थ आमा समुह प्रथम
दुलेगौंडा, ३० भदौ । नेपाली दिदी बहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सोमवार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं. ४, ६ र ७ ले दुलेगौंडा र खैरेनीटारमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर । वडा व्यवस्थापन समिति वडा नं. ४ ले दुलेगौंडा र वडा व्यवस्थापन समिति वडा नं. ६ र ७ ले संयुक्त रुपमा खैरेनीटारमा प्रतियोगिता आयोजना गरेका हुन् ।
दुलेगौंडामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजुले हिजोआज अधिकारको विषय उठान गर्दा सकरात्मक दृष्टिले लिनुपर्नेमा जोड दिए । तीजमा महिलाको साँस्कृतिक पर्वसँगै अधिकारसँग जोडिएका विषय उठान हुने बताए । बालबालिकालाई संस्कृतिबाट पर धकेलिरहेको अवस्थामा परम्परा र संस्कृतिको जर्गेना गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गरे । वडा व्यवस्थापन समिति सभापति बालकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ४ का अध्यक्ष राज कुमार वाग्ले, वडा नं. १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, संस्थापक अध्यक्ष वशन्त ज्वारचन, उपमहासचिव विर्सना श्रेष्ठ लगायतले बोलेका थिए । सोहि अवसरमा उत्कृष्ट व्यवसायीका रूपमा तुलसी शाह र गोविन्द ज्वारचनलाई सम्मान गरिएको थियो ।
दुलेगौंडामा आयोजित तीज गीत प्रतियोगितामा सहनशील आमा समूह पोखरा प्रथम भएको छ । पोखराकै उज्वल आमा समुह द्वितीय र नेत्रहिन उर्जा समूह तृतीय भयो । सिद्धार्थ आमा समूह र उन्नतिशिल आमा समूह सान्त्वना भए । प्रतियोगितामा प्रथम हुने समुहले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने समुहले ५ हजार रुपैया साथमा प्रमाणपत्र प्राप्त गरे । साथै उत्कृष्ट नृत्य र भेषभुषालाई नगद २ हजार र प्रत्येक सहभागी समुहलाई १५ सय र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १४ समुहको सहभागिता रहेको थियो । वडा व्यवस्थापन समिति उपसभापति सुबिल श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उपेन्द्रलाल श्रेष्ठले गरेका थिए ।
यसैगरी खैरेनीटारमा आयोजित प्रतियोगिताको नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे । नगर प्रमुख पण्डितले कला, संस्कृति संरक्षणमा सबैको सामुहिक प्रयास हुनुपर्नेमा जोड दिए । वडा व्यवस्थापन समिति वडा नं. ७ का सभापति सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का अध्यक्ष खड्कसिं थापा मगर, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, उपमहासचिव विर्सना श्रेष्ठ, सदस्य वशन्ता श्रेष्ठ, आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीका अध्यक्ष कुल कुमार कुमाल लगायतले बोलेका थिए । प्रतियोगितामा सिद्धार्थ आमा समुह दुलेगौंडा प्रथम भयो । उन्नतीशिल आमा समुह द्धितीय र फुलवारी कोपिला समुह खैरेनीटार तृतीय भयो । क्षेत्री समाज दुलेगौंडा सान्त्वना भए । उत्कृष्टतर्फ नृत्यतर्फ तिमिल्सीना दिदी बहिनी समुह भए । लायन्स क्ल्व अफ शुक्लागण्डकी सिस्टर्स उत्कृष्ट भुषभुषामा पुरस्कृत भए ।
प्रथम हुन सफल सिद्धार्थ आमा समुहले नगद २५ हजार, द्धितीय उन्नतीशल आमा समुहले १५ हजार, तृतीय हुन सफल फुलावारी कोपिला समुहले १० हजार र सान्त्वना हुन सफल क्षेत्री समाजल दुलेगौंडाले ५ हजार रुपैया साथमा प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट नृत्य र भेषभुषातर्फ २÷२ हजार रुपैया पाए भने सहभागिबापत प्रत्येक समुहले २ हजार रुपैया पाएको । वडा नं. ६ का सभापति रविन्द्रराज पौडेलले बताए ।









प्रतिकृया दिनुहोस