• सोमबार ६-५-२०८३/Monday 09-21-2026
  • 05:29:49
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTKayakairan

शुक्लागण्डकी बचत तथा ऋण सहकारी १४ औं वार्षिक साधारणसभा

दुलेगौंडा, ४ असोज । 
शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड,शुक्लागण्डकी–४ दुलेगौंडाको १४ औं वार्षिक साधारणसभा शनिवार दुलेगौंडामा सम्पन्न भएको छ । साधारणसभाको सहकारीका जेष्ठ सदस्य तिल बहादुर आलेले उद्घाटन गरेका थिए । सो अवसरमा जेष्ठ सदस्य तिल बहादुर आले र सुक्ली कुमारी श्रेष्ठलाई कदरपत्र, दोसल्ला र नगदसहित सम्मान गरियो । उत्कृष्ट निक्षेपकर्ताको रुपमा भगवती लामिछाने बस्ताकोटी र लक्ष्मी गुरुङ सम्मानित भए । साथै सोहि अवसरमा शेयर सदस्यका उत्कृष्ट भई कक्षा १२ उत्र्तीण भएका छात्र दिप्सन गौतम र छात्रा सोनिया पौडेललाई सम्मान गरियो । सहकारीका अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुर्यमणि लामिछाने र सञ्चालन सचिव भरत पौडेलले गरेका थिए । लेखा समितिको प्रतिवेदन संयोजक खेमराज काफ्लेले प्रस्तुत गरेका थिए । साथै सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित भएको थियो ।
 

प्रतिकृया दिनुहोस