बियर बोकेको मिनि ट्रक मस्र्याङदी नदिमा दुर्घटना हुदा चालक बेपत्ता
दुलेगौंडा, २४ असोज । तनहुँको आबुखैरेनी गाउँपालिका–४ ठुल्ढुङ्गा स्थित मिनि ट्रक मस्र्याङदी नदिमा दुर्घटना हुदा चालक बेपत्ता भएका छन् । पृथ्वीराजमार्गमा मुग्लीनबाट दमौली तर्फ आउदै गरेको बा।प्र।०६–००१ ख ०४१७ नं। नंं को ट्रक आफै अनियन्त्रित भई सडक देखि करिव ५० मिटर तल मस्र्याङ्दी नदीको किनारमा खसेर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट प्रहरी निरिक्षक प्रदिप सुवेदीको कमाण्डमा १३ जनाको टोली खोजी कार्यमा जुटेको तनहुँ प्रहरीले जनाएको छ ।









प्रतिकृया दिनुहोस