• मंगलबार ७-११-२०८३/Tuesday 10-27-2026
  • 03:56:49
  • ON AIR Bollyhood Express
  • UP NEXTYour Choice

नेपथ्य लाइभ इन शुक्लागण्डकीको ज्वेलरी पार्टनरमा रामदाम सुनचाँदी उद्योग

दुलेगौंडा– नेपथ्य लाइभ इन शुक्लागण्डकीको ज्वेलरी पार्टनरको रुपमा रामदाम सुनचाँदी उद्योगले सघाउने भएको छ । चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको सांगीतिक कार्यक्रमलाई सफल बनाउनलाई उद्योगले ज्वेलरी पार्टनरको रुपमा सघाउने भएको हो ।

सोमबार रामदाम सुनचाँदी उद्योगसँग ज्वेलरी पार्टनरको रुपमा सम्झौता गरिएको हो । नेपथ्य लाइभ इन शुक्लागण्डकीको विज्ञापन संयोजक बुद्धि थापा, आयोजक लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले रामदाम सुनचाँदी उद्योगका सञ्चालक भक्तकुमार रामदामसँग सम्झौता गरे ।

सम्झौताले कार्यक्रममा उत्साह थपेको विज्ञापन संयोजक थापाले बताए । ‘सबैको सहयोगले नै कार्यक्रम सफल हुने हो’, उनले भने ।

सहकार्य गर्न पाउदा उत्साहित भएको सञ्चालक रामदामले बताए । ‘यो सहकार्यले हामी उत्साही छौं’, उनले भने । रामदाम सुनचाँदी उद्योग शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा रहेको छ । बर्षौदेखि ग्राहकको विश्वास जित्दै आएको उद्योगले सामाजिक क्षेत्रमा पनि सघाउदै आइरहेको छ ।

‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ आगमी मंसिर १२ गते भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा हुदैछ । शुक्लागण्डकीकै ऐतिहासिक सांगीतिक उत्सवको रुपमा मनाउने तयारी छ । विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष ढुंगानाले बताए । कन्सर्टमा १० हजार संगीतप्रेमीलाई झुमाउने तयारी छ ।

प्रतिकृया दिनुहोस
↑