तनहुँ कांग्रेसको नियमित जिल्ला अधिवेशन आज
दुलेगौंडा, २ मंसिर । नेपाली कांग्रेस तनहुँको आज नियमित जिल्ला अधिवेशन हुदै छ । जिल्ला अधिवेशनको नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनलाई कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी ,केन्द्रीय सदस्य जीतजंग बस्नेत , आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली लगायतका नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
अधिवेशनको पूर्व सन्ध्यामा अनसनचोकबाट बाजागाजा सहित मोटर साइकल रयाली आयोजना गरिने तयारी समितिका सह—संयोजक डम्बर अधिकारीले जानकारी दिए । जिल्ला अधिवेशनमा १० वटै स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहने उनले बताए ।अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।









प्रतिकृया दिनुहोस