• बुधबार ८-१०-२०८३/Wednesday 11-25-2026
  • 06:14:08
  • ON AIR Nepal Khabar
  • UP NEXTShuklagandaki Samachar

राष्ट्रिय खेलकुदमा सहभागि हुन सेपाक ताक्रोतर्फ तनहुँबाट  पाँच खेलाडी छनौट

दुलेगौंडा, ८ मंसिर । कर्णाली प्रदेशमा हुने दशौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन सेपाक ताक्रोतर्फ तनहुँबाट  पाँच खेलाडी छनौट भएका छन् । बैशाख १ देखि ३ गतेसम्म पोखरा रंगशालाको बहुउदेश्यीय कभर्ड हलमा सञ्चालित  गण्डकी प्रदेश स्तरीय छनौटमा ५ जिल्लाबाट १८ जना छनौट भएकोमा तनहुँबाट ५ जना छनौट हुन सफल भएको सेपाक ताक्रो संघ गण्डकीका अध्यक्ष श्याम बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ इपसन क्षेत्री र अतिश राना र महिलातर्फ जस्मी गुरुङ, मनिका गुरुङ र मेलीना पुन रहेका छन् । महिलातर्फका सबै पञ्चमुनिदेव माविका विद्यार्थी हुन् । पुरुषतर्फका इपसन बालविद्या र अतिश आधारभुत माविका विद्यार्थी हुन् ।

प्रतिकृया दिनुहोस
↑