• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 04:19:26
  • ON AIR
  • UP NEXTBhakti Darshan

लट्टे को कमेडि गित दुनियाँले देखे सावर्जनिक

पुस २३, दुलेगौँडा  लामो समयदेखि नेपालि गित सँगित क्षेत्रमा सक्रिय रुपमा लाग्दै आएका गायक तथा सर्जक नारायण भट्टराईको नयाँ गित दुनियाँले देखे सार्वजनिक भएको छ। फ्रान्सलाई कर्मथलो बनाउदै आएका सर्जक भट्टराईको स्वर सँगै गायिका मोती राना मगरले सो गितमा स्वर दिएकी छन् ।

कमेडी धारमा निमार्ण गरिएको गीतको भिडीयोमा गाउँ समाजको यथार्थ चित्रण गरी आफ्ले माया गर्ने व्यतिलाई मायालुलाई भेट्न जादाँ परेका समस्या अनि गाउलेको व्यवहारलाई देखाइएको छ ।
कमल अर्याल को शब्द सिर्जनामा रहेको गीतको लय सुरेश सिग्देलको रहेको छ। गीतको एरेन्ज कमल सौरागले गरेका छन् भने रेकर्डिङ्ग कृष्ण बाजुराली ले गरेका छन् ।

गीतको भिडियोमा मुन्द्रेको कमेडी क्लवबाट निकै चर्चामा आएका कलाकार राजेन्द्र नेपाली लट्टे र दिपिका जेनीको दमदार प्रस्तुति देख्न सकिन्छ।

शिव राजा भुर्तेलले निर्देशन गरेको गीतको भिडियोको सम्पादन पनि शिव राजा भुर्तेलले नै गरेका हुन् । गीतलाई दिपिका जेनी अफ़िसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=InJZ27ouaZ0

प्रतिकृया दिनुहोस