• सोमबार १-१७-२०८१/Monday 04-29-2024
  • 03:47:45
  • ON AIR
  • UP NEXTBhakti Darshan

डिजी लिंकको नयाँ वर्षः २०८० रुपैयाँमै जडान सहित दुई महिनाको इन्टरनेट

दुलेगौंडा, १४ चैत । तनहुँको शुक्लागण्डकीमा मुख्य कार्यालय रहेको इन्टरनेट सेवा प्रदायक डि.जि. लिंक नेटवर्कले नयाँ वर्ष लक्षित योजना सार्वजनिक गरेको छ । यस क्षेत्रकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक डि.जि. लिंक नेटवर्कले मंगलवार सो योजना सार्वजनिक गरेको हो ।


कम्पनीले २०८० रुपैयाँमा नै जडान सहित दुई महिनाको इन्टरनेट प्रदान गर्ने जनाएको छ ।  साथै पुराना प्रयोगकर्ताले एक वर्षको इन्टरनेटको बिल भुक्तानी गर्दा १३ महिनासम्म इन्टरनेट चलाउन पाउनेछन् । यसअघि एक वर्षको भुक्तानी गर्दा ८ प्रतिशतले छुट दिँदै आएको डि.जि. लिंक नेटवर्कले २०७९ चैत १५ गते देखि २०८० बैशाख १५ गतेगतेसम्म एक वर्षको इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताको लागि थप १ महिनाको ईन्टरनेट दिन लागेको हो ।

कम्पनीले १०० एमबीपीएसको इन्टरनेट सम्पूर्ण करसहित हजार रुपैयाँमा र २०० एमबीपीएसको ईन्टरनेट सम्पूर्ण करसहित एक हजार तीन सय पचास रुपैयाँमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले शुक्लागण्डकी नगरपालीका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका भित्र र म्याग्दे गाउँपालिका, पोखरा महानगरपालिकाको केही क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस