• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
  • 10:18:38
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

वडा नं. ३ मा कम्प्युटर प्रशिक्षण

दुलेगौंडा, १७ बैशाख । शुक्लागण्डकी नगरपालिका वडा नं. ३ को आयोजनामा कम्प्युटर प्रशिक्षण कार्यक्रम शुरु भएको छ । आधारभूत र डिप्लोमा तहको तालिम ३ महिनाको रहने वडाले जनाएको छ । 


प्रशिक्षण कार्यक्रममा बोल्दै वडा नं. ३ का अध्यक्ष राम कुमार श्रेष्ठले पछिल्ला समयमा कम्प्युटर ज्ञान विना रोजगार पाउन पनि मुस्किल भएको बताउदै तालिमको उपयोग गर्न आग्रह गरे । वडा सदस्य विष्णुहरी गर्तौलाले निशुल्क भनेर तालिमलाई बेवास्ता नगर्न आग्रह गरे । सो अवसरमा वडासचिव शालिकराम भट्टराई, समाजसेवी कमल थापा, प्रशिक्षक भोज बहादुर भूजेल, क्षतिज थापा लगायतले बोलेका थिए । 


डिप्लोमा तालिममा गत वर्ष आधारभूत लिएका ४९ जना सहभागि छन् भने आधारभूतमा भर्खरै एसइईमा सहभागि ३९ जना रहेका छन् । 

प्रतिकृया दिनुहोस