अनेरास्ववियु अनुशासन आयोग सचिवमा शुक्लागण्डकीकी अधिकारी निर्वाचित
दुलेगौंडा, ३० जेठ । अनेरास्ववियु २४ औं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोग सचिवमा शुक्लगण्डकीकी स्मृति अधिकारी निर्वाचिति भएकी छिन् । गएराति सम्पन्न मतगणनामा ७२३ मतसहित अधिकारी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिष्पर्धी विश्वराज कार्कीले २ सय ६४ मत ल्याए । साथै सुसन धमलाले २ सय ५० र सुरेश कुमार घर्तिले २ सय २० मत ल्याए ।
अनेरास्ववियुको अध्यक्षमा डा। सुजन कडरिया निर्वाचित भए । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन । कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।








प्रतिकृया दिनुहोस