• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 03:00:08
  • ON AIR
  • UP NEXTBhakti Darshan

संघीय निजामती सेवा ऐन मुख्य प्राथमिकतामा : मन्त्री न्यौपाने 

दुलेगौंडा,साउन १।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा ऐन ल्याउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएकी छिन् । मन्त्रालयमा बिहिवार कर्मचारीलाई निर्देशन दिदै मन्त्री न्यौपानेले सेवा प्रवाह प्रभावकारी बनाउने र मुलुकमा सुशासन कायम गर्ने विषय पनि आफ्नो उच्च प्राथमिकतामा रहने उनले बताए ।
जनताको कामलाई चुस्त, सुस्त र सहज बनाउन मन्त्री न्यौपानेले कर्मचारीलाई निर्देशन दिए। आफू भ्रष्टाचार र अनियमितताको सख्त बिरोधि भएको भन्दै मन्त्री न्यौपानेले कर्मचारीलाई पनि सोही अनुसारको आचरण बनाउन निर्देशन दिए । 
नवनियुक्त मन्त्री न्यौपानेले प्रशासनिक संघीयतालाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने र यसमा सबै पक्षको सहयोग  र साथ आवश्यक पर्ने बताए । उनले सेवा प्रवाह प्रभावकारी बनाउने र सार्वजनिक प्रशासनको सवलीकरणमा आफु दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाए। 
उक्त अवसरमा मन्त्रालयका सचिव रविलाल पन्तले मन्त्री न्यौपानेलाई मन्त्रालयको काम कारवाहीको बारेमा मन्त्री न्यौपानेलाई जानकारी गराएका थिए । 

प्रतिकृया दिनुहोस