• आइतबार २-६-२०८१/Sunday 05-19-2024
  • 05:06:11
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTSongs

गण्डकी प्रदेशमा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि प्रदेशस्तरीय कार्य समुह गठन

पोखरा, २५ बैशाख । गण्डकी प्रदेशमा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि प्रदेशस्तरीय समिति गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशले फ्रीडम फोरम नेपालसँगकोे सहकार्यमा सोमवार पोखरामा सात सदस्यीय कार्य समुह गठन गरेको हो ।  


आयोगका गण्डकी प्रदेशकी प्रमुख मायादेवी शर्माको संयोजकत्वमा गठित  कार्यसमूहमा मुख्यमन्त्री कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश प्रहरी कार्यालय, उच्च अदालत बार एशोसिएशन, नेपाल पत्रकार महासंघ, गण्डकी, गैरसरकारी संस्था महासंघका प्रतिनिधि र आमन्त्रित सदस्यमा फ्रिडम फोरम रहेको छ । 
संविधानमा व्यवस्था भएका मौलिक हकबारे अभियान मार्फत जानकारी गराई अभिव्यक्ति स्वतन्त्रताको संरक्षणकालागि   प्रदेशस्तरीय कार्यसमूह गठन गरिएको आयोगको गण्डकी प्रदेशका प्रमुख शर्माले जानकारी दिईन् । कार्यसमुहको बैठक कम्तिमा २ महिनामा बस्ने र नियमित सञ्चार र सम्पर्ककोलागि ह्वाट्स एप ग्रुपमा जोडिने निर्णय भएको फ्रिडम फोरमका प्रदेश प्रतिनिधी राजन उपाध्यायले बताए । 


मानव अधिकारी आयोगले अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिका २०७५  कार्यान्वयन अगाडि बढाई केन्द्रीय स्तरमा निर्देशक समिति गठन भइसकेको छ । यस निर्देशिकामा आयोगले हालै संशोधन गरी प्रदेश स्तरमा पनि पत्रकार सुरक्षा संयन्त्र र कार्य समूह गठन गर्ने र सो कार्य समूहले प्रदेशमा पत्रकार सुरक्षा एवं अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको अध्ययन अनुसन्धान गर्ने प्रावधान राखेको छ ।
 

प्रतिकृया दिनुहोस