• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 05:48:08
  • ON AIR Bal Bagaicha
  • UP NEXTNepal Khabar

स्याङ्जाको मडकिनामा नवनिर्मित हवनकुण्ड तथा यज्ञशालाको उद्दघाटन

सावित्रा कोइराला २४ पुष, स्याङ्जा ।  स्याङ्जाको विरुवा गाउँपालिका ४ ओरष्टे मडकिना गोफामा श्री नारायणेश्वर शिवजी मन्दिर परिसरमा नवनिर्मित हवनकुण्ड तथा यज्ञशालाको उद्दघाटन गरिएको छ । मन्दिर निमार्णको लागि सुरुबाटनै सहयोग गर्नुहुने दाता तथा विदेशि पाहुनाहरुद्धारा कुण्डको उद्घाटन गरिएको हो । १ हजार ८ चम्मा गिरीको जन्म स्थानमा उहाँको सम्मान स्वरुप मन्दिर स्थापना गरि उक्त पवित्र भुमिलाइै देशभर चिनाउदै पर्यटन प्रवधन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको नारायणेश्वर शिवजी गुठी का सँरक्षक सरस्वति गिरी बताउनुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष सुर्य कुवँरले श्री १००८ माता चम्पागिरि महाराजको जन्मथलोलाई धार्मिक एवं पर्यटकीय क्षेत्र बनाउन आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।यसैगरी, समाजसेवि तथा मन्दिर निमार्णमा सहयोग गर्दै आउनुभएका सहयोगि दाता पाखे डाँडा निवासी हाल युके एम.वि.इ. दिलिप गुरुङले आफनो जन्मथलोको विकासका लागि आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, १००८ चम्पागिरी महाराजका शिष्यहरु रंगनाथ रेग्मी, नवराज सुवेदी धन प्रसाद गुरुङ लगायतले शुभकामनासहित आर्थिक सहयोग गर्ने र निमार्ण कार्यलाई निरन्तरता दिदै  जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  नारायणेश्वर शिवजी मन्दिर गुठी ब्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आश्रमका शिष्य रविन केसीले स्वागत एवं हालसम्म समितिले गरेका काम र प्रगती विवरण जानकारी गराउनु भएको थियो भने शिक्षक राम चन्द पोखरेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी दिलिपकुमार गुरूङलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा वेलायतबाट आएका विदेशीपाहुनाद्धारा नगद ३ लाख र स्वास्थ्यकर्मी एवं चम्पागिरी १००८ माताका शिष्य रंगनाथ रेग्मीले नगद ५० हजार रुपैंया आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । 
मन्दिर निर्माण तथा पर्यटन प्रवद्धन गर्ने पवित्र कार्य को आफुहरुले थालनी स्वरुप विभिन्न भौतिक निमार्णका कामको सुरुवात गरेपनि स्थानिय सरकार तथा प्रदेश सरकार र सँघ सरकाले भने आफुहरुलाई सहयोग गर्न आनाकानि गरिरहेको गुठी का संरक्षक को गुनासो रहेको छ । गाँउका मानिस सहर केन्द्रीत भएर गाँउ रितिदै गइरहेको अवस्थामा गाँउमा विकास निमार्ण, पर्यटन प्रवद्धन तथा अतिआवश्यक  भौतिक निर्माण गदै यस्ता पवित्र भुमिलाई पुननिमार्ण गर्ने काममा एक्लो प्रयास ले सार्थकता नपाउने हुदाँ सरकारी  निकायको सहयोग आवश्यक रहने भन्दै आगामी दिनमा तिनै तहको सरकारी निकायको ध्यान केन्दीत हुनेमा आफु आशावादी रहेको आश्रम परिवारको भनाइ  छ । 
 

प्रतिकृया दिनुहोस