• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 04:13:34
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar

अपाङ्गताका मुद्दालाई प्रदेश सभामा उठाउने सांसद गुरुङ्गको प्रतिवद्धता

दुलेगौंडा, २५ फागुन । कास्की नेत्रहिन संघको आयोजनामा अपाङ्गता भएका महिलाहरूलाई कानुनि सचेतना, लैङ्गिक समानता, प्रजनन स्वास्थ, प्रविधिमा पहुँच र उनिहरूको सशक्तिकरण सम्बन्धि एक गोष्ठि शुक्रवार सम्पन्न न भएको छ। 


सो अवसरमा बोल्दै गण्डकी  प्रदेश सभा सदस्य सरस्वती गुरुङ्गले आफूले प्रदेश सभामा अपाङ्गताका मुद्दाहरूलाई विशेषरूपमा उठाइरहेको बताइन् । उनले आगामी दिनमा आफ्नो तर्फबाट अपाङ्गताको क्षेत्रमा सहयोग गर्ने र प्रदेश सरकारसंग जोड्ने माध्यम भन्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य तथा साहारा आधारभूत् विध्यालयका प्रधानाध्यापक लोचना अधिकारी र अधिबक्ता भूवन पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । 


संस्थाका अध्यक्ष श्रीकान्त  सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २२ जना अपाङ्गता भएका महिलाहरु सहभागी थिए  । पोखरा महानगरपालिका वडा नंं ५ मा अवस्थित श्री धर्मस्थली आधारभूत विध्यालयमा कार्यक्रम भएको हो । 

प्रतिकृया दिनुहोस