• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 03:55:55
  • ON AIR
  • UP NEXTBhakti Darshan

बेलचौतारामा आयोजित पुरुष भलिबल प्रतियोगितामा भिमाद -९ अस्पाग्दी च्याम्पियन


दुलेगौंडा ,२ बैशाख ।तनहुँको शुक्लागण्डकी–५, बेलचौतारामा " स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद, नेपालको राष्ट्रिय खेल भलिबल " भन्ने मुल नारा सहित बेलचौतारा युवा क्लब र ए एम टु पी एम रेस्टुरेन्टद्वारा  आयोजित  प्रथम राजन स्मृति भलिबल कप -२०८२ तथा शुद्ध साबिक वडास्तरीय पुरुष  भलिबल प्रतियोगितामा भिमाद -९ अस्पाग्दी च्याम्पियन बनेको छ ।

मंगलबार भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन बेलचौतारा युवा क्लब (आयोजक )माथि उत्कृष्ट जित हासिल गर्दै अस्पाग्दी च्याम्पियन बन्न सफल भएको हो ।अस्पाग्दीले पहिलो सेट २५–२१ र दोस्रो सेट २५-१८ ले जितेको हो।उपाधि विजेता अस्पाग्दीले रु. ४५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो। उपविजेता आयोजकले रु. २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले तृतीय स्थान हात पार्यो। अर्जुनचौपारीले नगद रु. १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । साथै  विद्यागत पुरस्कारतर्फ अस्पाग्दीका बेस्ट प्लेयरमा आशिष क्षेत्री ,बेस्ट सेटरमा यमराज मल्ल र बेस्ट लिब्रोमा सुजल राना छ्नोट भए भने बेस्ट स्पाइकरमा अर्जुनचौपारीका इस्मित सुनार र बेस्ट ब्लकरमा बेलचौताराका बिनोद सुनार छ्नोट भएका थिए ।उक्त खेलाडीलाई सम्मानपत्र, मेडल र शिल्ड प्रदान गरिएको थियो।

विजेता समुहलाई प्रमुख अतिथिको रूपमा रहनु भएका शुक्लागण्डकी वडा नं-५ का वडाध्यक्ष दीर्घबहादुर थापा, विशिष्ट अतिथिको रूपमा रहनुभएका ज्ञान बगैंचा ईंग्लिश बोर्डिङ स्कुलका संस्थापक बाबुराम कार्की  लगायतले पुरस्कार प्रदान गरेका थिए । कार्कीले खेलकुदको बिकासको लागि ग्राउन्डको राम्रो व्यवस्था गरिदिनुपर्नेमा वडाध्यक्ष थापालाइ जोड दिनुभयो । 

क्लबका अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लगायत उच्च व्यक्तित्वको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन राजु रानाले गर्नुभएको थियो । सो प्रतियोगितामा १२ टिमको सहभागीता रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस