• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 03:06:43
  • ON AIR
  • UP NEXTBhakti Darshan

साउनको पहिलो लियो ब्याडमिन्टन प्रतियोगिता हुने

दुलेगौंडा, ३० असार । 
लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीले साउनको पहिलो साता डिजि लिंक लियो ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । क्लबले आगामी साउन १ र २ गते अण्डर १३, अण्डर १९ र छात्रातर्फको अण्डर १९ ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको मंगलवार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
सबै विधामा प्रथम हुनेले नगद ५ हजार, द्वितीयले ३ हजार र तृतीयले नगद २ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रविण श्रेष्ठले जानकारी दिए । प्रतिभालाई अवसर खेलाई सम्मान भन्ने नाराका साथ खैरेनीटार मगर समाज भवन खैरेनीटारमा हुने प्रतियोगितामा जिल्ला भित्रका करीब ७० विद्यार्थी सहभागीता रहने अनुमान छ । 

विद्यार्थीमा अनुशासन, स्वास्थ्यसँगै खेल भावनाको विकास गराउदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको क्लवका निवर्तमान अध्यक्ष विवेक वाग्लेले बताए ।  उनले प्रतियोगितालाई वार्षिक रुपमा नियमित सञ्चालन गरिने उल्लेख गरे । 

लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा खेलका निर्णायक प्रताप राना, कोषाध्यक्ष कामना पोख्रेल लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन क्लव सचिव कृष्ण कार्कीले गरेका थिए । क्लवले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा प्रत्येक महिनाको ८ गते आखा शिविर सञ्चालन गर्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस