• शुक्रबार ६-९-२०८३/Friday 09-25-2026
  • 04:40:24
  • ON AIR
  • UP NEXTBhakti Darshan

काङग्रेस शुक्लागण्डकी सापतिमा कृष्ण सर्वसम्मत

दुलेगौंडा, ७ असोज । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत अबुधबार देशभरका पालिकाहरूमा पालिका अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५ औँ केन्द्रीय महाधिवेशन हुँदैछ । सोही महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार बुधवार देशभरका ५८ जिल्लाका ५ सय १२ पालिकामा अधिवेशन सुरु भएको हो । बाँकी जिल्लाका पालिकाको विहिवार हुने छ । १५औँ महाधिवेशन अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको नगर सभापतिमा कृष्णप्रसाद रेग्मी सर्वसम्मत निर्वाचित भएका छन् । उनी शुक्लागण्डकी नगरपालिका–८ का पूर्ववडाध्यक्ष समेत हुन् । उपसभापतिमा सुनिल तिमिल्सीना, रजनी थापा, सचिवमा गणेश बहादुर ऐर, सहसचिवमा युवराज पराजुली रहेका छन् । सदस्यहरुमा नारायण रेग्मी, नवराज लम्साल, स्मृति गुरुङ, अशोक विश्वकर्मा, मिन कुमारी रोक सुनार र यमलाल भण्डारी रहेका छन् । 
 

प्रतिकृया दिनुहोस
↑