• शुक्रबार ६-९-२०८३/Friday 09-25-2026
  • 03:49:11
  • ON AIR
  • UP NEXTBhakti Darshan

रास्वपा शुक्लागण्डकीद्धारा फोहोरमैला शुल्क वैज्ञानिक र व्यवहारिक बनाई पुनरावलोकन गर्न माग

दुलेगौंडा, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले फोहोरमैला व्यवस्थापनका लागि तोकिएको शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन पुनरावलोकन गर्नुपर्ने माग गरेको छ । बिहीबार रास्वपा नगर समितिका अध्यक्ष हरी खड्का र सचिव पवित्रा सुवेदी पौडेलले नगर उपप्रमुख खुमबहादुर विक ‘राजु’ तथा प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाललाई ज्ञापनपत्र बुझाउदै पुनरावलोकनकालागि माग गरेका हुन् । ज्ञापनपत्रमा सेवा नपुगेका स्थानमा समेत सरफाई शुल्क लगाउने विषय पुनरावलोकन गर्नुपर्ने उल्लेख गर्दै दर निर्धारण गर्दा विज्ञ समिति बनाएर गर्नुपर्ने माग गरिएको छ ।  ज्ञापनपत्र बुझ्दै उपप्रमुख विकले फोहोरमैला व्यवस्थापनको शुल्कबारे पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका छन् ।  
 

प्रतिकृया दिनुहोस
↑