• शुक्रबार ६-९-२०८३/Friday 09-25-2026
  • 03:51:28
  • ON AIR
  • UP NEXTBhakti Darshan

दुलेगौंडामा भोलीदेखि वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव हुदै

दुलेगौंडा, ७ असोज । शुक्लगण्डकी युवा क्लब  दुलेगौंडाको आयोजनामा वडादशै विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव २०८३ हुने भएको छ । क्लवले बुधबार दुलेगौंडामा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो । 
असोज ८ गतेदेखि १८ गतेसम्म दुलेगौंडाको हेल्थपोस्ट चोकमुनिको चौरमा महोत्सव सञ्चालन हुने क्लव अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए । 
महोत्सवको सम्पूर्ण तयारी सकिएको उनले बताए ।  महोत्सवमा  स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता,  बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । दशैको मुखमा महोत्सव गर्न लागेकोमा मंगलवार शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले शुक्लागण्डकी नगरपालिकाको ध्यानाकर्षण गराएको थियो । संघले व्यवसायिक सट्टा साँस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ । 
 

प्रतिकृया दिनुहोस
↑