• मंगलबार ६-२७-२०८३/Tuesday 10-13-2026
  • 05:24:46
  • ON AIR Lok Chautari
  • UP NEXTShuklagandaki Samachar

दुलेगौंडा महोत्सव समापन गर्न जिल्ला प्रशासन कार्यालयको पत्र, आयोजक भन्छः आजलाई तयारी छैन 

दुलेगौंडा, २३ असोज । शुक्लगण्डकी युवा क्लवले आयोजना गरेको दुलेगौंडा वडादशै साँस्कृतिक मेला आज समापन गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले पत्राचार गरेको छ । असोज २१ शुक्लागण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोज २३ गतेसम्म महोत्सव सञ्चलान गर्न आग्रह गरिएको छ । प्रशासनको निर्देशनविपरीत महोत्सवको अवधि थप गरिए आयोजकका गतिविधि अभिलेखमा राखी भविष्यमा कारबाही गरिने पत्रमा चेतावनीसमेत दिइएको छ । 
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र क्लवबीच महोत्सव थप गर्ने विषयमा केहि दिनदेखि विवाद हुदै आएको थियो । महोत्सवको समय पुनः थप्न लागिएको भन्दै नगर उद्योग वाणिज्य संघले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउदै आएको थियो । यसै क्रममा बुधवार शुक्लागण्डकी नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नगर उद्योग वाािणज्य संघ र क्ल्वका प्रतिनिधीबीच भनाभनको अवस्था सृजना भएको थियो । 
चाडपर्वमा महोत्सव थप गर्दा यस क्षेत्रका व्यवसायीलाई प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटकपटक नथपि असोज २२ गतेनै अनिवार्य रुपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको थियो । नगरपालिकाले असोज २३ का लागि समापन गर्ने सहमति भएको दाबी गरेको थियो । यता क्लवका अध्यक्ष मिन बहादुर थापाले आज शुक्रवार समापनको लागि विहानसम्म कुनै तयारी नभएको बताए । ‘समापनकोलागि अतिथीहरुलाई खबर गरेको छैन, बोलाउनु प¥यो। उनले भने,  ‘जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरि अगाडी बढ्छौं ।’ 
शुक्लगण्डकी युवा क्लवको आयोजनामा असोज ८ देखि १८ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज ११ देखि २२ गतेसम्म सञ्चालन भइरहेको छ । क्लवले महोत्सव नोक्सानमा परेको भन्दै महोत्सवको अवधि लम्ब्याउन माग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस
↑