तीनखोले १३ औं वार्षिक साधारण, उत्कृष्ट करोबार गर्ने सदस्य सम्मानित
दुलेगौंडा, १४ कार्तिक । तनहुँको शुक्लागण्डकी–७ खैरेनीटारमा रहेको तीनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा झरौटामा शनिवार सम्पन्न भएको छ ।
साधारणसभाको सहकारीका जेष्ठ सदस्य बद्रिनारायण श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी निति नियममा रहेर सञ्चालन गरे आगामी दिनमा समस्या भोग्नुनपर्ने बताएका थिए । सहकारी अध्यक्ष उपेन्द्र तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका कानुनी सल्लाहकार भानुभक्त सुवेदी, शेयर सदस्य एवम् कार्यपालिका सदस्य विमल जिसी, शेयर सदस्य सुर्यदेवी सिग्देल र नम बहादुर राना लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ र सञ्चालन सचिव श्रीराम सुवेदीले गरेका थिए । लेखा समितिको प्रतिवेदन हरि बहादुर थापाले प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । बचतकर्तातर्फ दिव्यरमण अर्याल, कर्जातर्फ नेत्रमाया क्षेत्री सम्मानित भए । साथै सहकारीका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार श्रेर बहादुर श्रेष्ठलाई सम्मान गरियो । उत्कृष्ट कर्मचारीको रुपमा मनिषा राना सम्मानित भइन् । कुल २ हजार १ सय ९१ शेयर सदस्य रहेको सहकारीमा कुल ३ करोड ८२ लाख १९ हजार ८ सय शेयर पुँजी रहेको छ । १३ करोड ६२ लाख २५ हजार निक्षेप रहेको सहकारीमा ११ करोड ७४ लाख ऋण लगानी छ ।









प्रतिकृया दिनुहोस