• बुधबार ७-१९-२०८३/Wednesday 11-04-2026
  • 07:40:48
  • ON AIR Aamaka Katha Chorika Sapana
  • UP NEXTNepal Darpan

शुक्लाहिलेटार शिवालय क्षेत्रको अध्यक्षमा पुनः परशुराम  

दुलेगौंडा, १४ कार्तिक । श्री शुक्लाहिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्लागण्डकी–८ को चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः परशुराम भण्डारीको अध्यक्षमा नयाँ समिति चयन भएको छ ।  शनिवार शिवालय क्षेत्रमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा ध्रुव कुमार मल्ल, मान बहादुर खत्री, महिला उपाध्यक्षमा रस्सा गुरुङ, सचिवमा कमल भट्टराई, कोषाध्यक्षमा राम प्रसाद वाग्ले, सहकोषाध्यक्षमा रमेश महत सर्वसम्मत चयन ग¥यो । सदस्यहरुमा शिव अधिकारी, कमला पौडेल भट्टराई, कृष्ण बस्याल, भानु पौडेल र सुर्य भट्टराई रहेका छन् । यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा सरोज गौतम र सदस्यहरुमा जेजुराम पोख्रेल र रमेश सिग्देल छन् । 
समतिका अध्यक्ष परशुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य राजु भण्डारी, शुक्लागण्डकी नगरपालिका वडा नं। ७ का अध्यक्ष खड्कसिं थापा मगर, विश्व हिन्दु महासंघ शुक्लागण्डकीका अध्यक्ष नारायण घिमिरे, ब्राम्हण समाज शुक्लागण्डकीका अध्यक्ष ऋषिराम पौडेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव कमल भट्टराईले गरेका थिए । 

सो क्षेत्रमा शिवपाञ्चायन मन्दिर निर्माणाधिन छ । सेती नदि किनारमा अवस्थित शिवालय क्षेत्र श्री दुग्धेश्वर महादेवको पुरानो मन्दिर रहेको छ । किवदन्ती अनुसार झण्डै ५ हजार वर्ष पहिले शिव स्वरुप दुग्धेश्वर महादेवले आराम गरेको, शिवजीको आसन रहेको उर्जाशील शिला यहाँ रहेको छ ।  एकादशीको अवसरमा सो क्षेत्रमा स्वतस्फूर्त एकादशी मेला लाग्ने गर्दछ । साथै सेती नदीमा स्नान र फूल तार्नेहरुको भिड लाग्ने गर्दछ । भक्तजनहरु तनहुँको शुक्लागण्डकी, स्याङजाको पुतलीबजार, हरिनाश, बिरुवा लगायत क्षेत्रबाट पुल्चोकमा आउने गर्दछन् ।

प्रतिकृया दिनुहोस
↑