• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 05:47:42
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTKayakairan

ढोरफिर्दीमा जारी फुटल प्रतियोगितामा नमुना र तिब्बतीयन फाइनलमा भिड्ने

दुलेगौंडा, २७ भदौ । नमुना युवा क्लव गाछेपानी र तिब्बतीयन क्याम्प ढोरफिर्दीमा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनलमा बुधवार भिड्ने भएका छन् । 

मंगलवार भएको सेमिफाइनलमा नमुनाले फिर्दी युनाइटेडलाई २–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यसैगरी तिब्बतीन क्याम्पले ट्राइबेकरमा ८–७ को अन्तरले फिरफिरे एकेडेमीलाई हराउदै तिब्बतीयनले नमुनासँगको भेट पक्का गरेको हो । तिब्बतीयन र फिरेफिेरबीच निर्धारित समयमा १÷१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको हो ।   

बुधवार फाइनल खेल हुने  प्रतियोगिता संयोजक विपिन्द्र सेन ठकुरीले जानकारी दिए । वडाभित्र रहेका टोल बिकास संस्थाहरुको संयुक्त आयोजना र वडा कार्यालयको सह–आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय २१ रुपैया र द्धितीयले ५५ हजार ६ सय ५५ रुपैयाको साथमा  कप मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक ठकुरीले जानकारी दिए । उनका अनुसार  सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टिम पुरस्कृत हुनेछन् । प्रतियोगितामा ३१ समुह सहभागि छन् ।

२०५२ सालदेखि यहाँ निरन्तर रुपमा फुटबल प्रतियोगिता र तीज गीत प्रतियोगिता हुदै आइरहेको छ । यसलाइ निरन्तरता दिदै मौलिक सँस्कृतिको संरक्षणमा तीज गीत प्रीतयोगिता समेत आयोजकले जनाएको छ । तीज प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः २५ हजार १ रुपैयाँ, १५ हजार १ रुपैयाँ र ७ हजार १ रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।  

प्रतिकृया दिनुहोस