• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
  • 12:46:13
  • ON AIR Amaka Katha Chorika Sapana (Re-caste)
  • UP NEXTFataurika Guf

शुनपाका नगर उपप्रमुख विकका छोरा सरस्वती नमुना माविमा, नगरद्धारा शैक्षिक गुणस्तर सुधार बर्षका रुपमा घोषणा

दुलेगौंडा, १३ बैशाख । शुक्लागण्डकी नगरपालिकाका नगर उप्रमुख खुम बहादुर विक राजुले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । यसअघि निजि विद्यालयमा पढाएका उनले चालु शैक्षिक शत्रमा वडा नं. ७ खैरेनीटारस्थित सरस्वती नमुना माविमामा कक्षा ५ मा भर्ना गरेका हुन् । वैशाख ९ गतेको कार्यपालिका बैठकले नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, तथा शिक्षकका सन्ततीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्ने निर्णय गरिएको थियो ।  


यसैबीच बुधवार नगर प्रमुख कृष्णराज पण्डितद्धारा जारी अपिलमा शैक्षिक बर्ष २०८१ लाई शैक्षिक गुणस्तर सुधार बर्षका रुपमा घोषणा गरी कार्यान्वयन गर्ने निर्णय भएको छ । नगरपालिका अन्तर्तगका सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र २०८१ बाट आधारभूत तह (प्रारम्भिक बाल विकास शिक्षा देखि कक्षा १–८ सम्म) को शिक्षा अनिवार्य तथा निशुल्क गर्ने निर्णय भएको नगर प्रमुख पण्डितले जानकारी दिए । साथै सञ्चालित कक्षा, विद्यार्थी संख्या, बिषयगत दरबन्दीको उपलब्धता तथा भौगोलिक अवस्थाका आधारमा विद्यालयहरुलाई        शैक्षिक सत्र २०८१ बाट लागु हुने गरी समायोजन तथा एकीकरण गर्ने र शिक्षक दरबन्दी मिलानलाई कार्यान्वयनमा ल्याउने उनले बताए ।  


उनका अनुसार शैक्षिक गुणस्तर र सुशासन सम्बर्द्धनका लागि सघन बिद्यालय अनुगमन तथा सुपरिवेक्षणलाई सूचकका आधारमा बैज्ञानिक बनाउदै नगर कार्यपालिकाका सदस्यहरुले नियमित बिद्यालय अनुगमन गरी नगर कार्यपालिकामा प्रतिबेदन पेश गरिने छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी नियमावली २०७७ को परिच्छेद १ को नियम ५ मा उल्लेखित निर्णय कार्यान्वयन गराउन सामुदायिक विद्यालयको विद्यार्थी संख्या, विद्यालयको मौजुदा भौतिक पूर्वाधार र उपलब्ध विषयगत दरबन्दी समेतका आधारमा प्रोत्साहन अनुदान रकम नगरपालिकाले प्रदान गर्ने र सामुदायिक विद्यालयले सञ्चालन गर्ने यातायातका साधनलाई मितव्ययी र सुरक्षित गराउन विद्यालको सवारी साधन  सेवा क्षेत्र सम्वन्धित वडासग जोडिएका वडासम्म मात्र कायम गर्ने गरी व्यवस्थित गरिने अपिलमा उल्लेख छ । नगर उपप्रमुख विकले आफ्ना बालबालिकाहरुलाई पायक पर्ने बिद्यालयमा भर्ना गराई नियमित रुपमा विद्यालय पठाउनका लागि अपिल समेत गरेका छन् । 
 

प्रतिकृया दिनुहोस