• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
  • 08:36:02
  • ON AIR Tol Tolma Shuklagandaki
  • UP NEXTNepal Khabar

दुलेगौंडा–लिलाचोक सडक खण्ड स्तरोन्नती शुरु

दुलेगौंडा, ११ बैशाख । तनहुँको दुलेगौंडादेखि लिलाचोक सम्मको सडख खण्डको स्तरोन्नतीको लागि सोमवार शिलान्यास गरिएको छ । वडा नंं ४ दुलेगौंडास्थित विपीचोकबाट शुरु भई वडा नं. १२ को लिाचोकसम्म पुग्ने सडकको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले शिलान्यास गरेका हुन् । 


सो सडक विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजीआईपी) अन्तर्गत नगरपालिकाको हालसम्मकै ठुलो योजना हो । सो सडक दुलेगौंडा लामागाउँ मोटर मार्ग अन्तर्गत पर्दछ । स्याङ्जाको पुतलीबजार जोड्ने सडकको हाल लिलाचोकसम्म ७.२ किलोमिटर सडक कालोपत्र हुने डिजाईन एण्ड सुपरिभिजन कन्सल्टेन्ट विनोद कुशवाहले जानकारी दिए ।  बानियाँ निर्माण सेवा, हेटौंडाले १५ महिनामा सडक निर्माण सम्पन्न गर्न २७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ रुपैयाँमा सम्झौता गरेको छ ।  दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । 


शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले समयमै सडक सम्पन्न गर्न नगरले सबै सहयोग र समन्वय गर्न तयार रहेको बताए । नगरका संस्थापक नगर प्रमुख किसान गुरुङले आफ्नो नेतृत्वकालमा भएको सम्झौता तीन वर्षपछि कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्दै नगरका अन्य गौरवका योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सो अवसरमा उपप्रमुख खुम बहादुर विक राजु, वडा नं. १२ का अध्यक्ष इन्द्र गुरुङ, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल लगायतले बोलेका थिए । 
 

प्रतिकृया दिनुहोस