• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
  • 05:40:16
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTKayakairan

शुक्लागण्डकी एफ.एम.को टेबुल क्यालेण्डर विमोचन

दुलेगौंडा, ९ बैशाख । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा शुक्लागण्डकी एफ.एम.ले प्रकाशन गरेको नयाँ वर्ष २०८१ टेबल क्यालेण्डर विमाचन गरिएको छ । 


आइतवार दुलेगौंडास्थित रेडियो पसिरसरमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नंं ६ का अध्यक्ष एवम् रेडियोका सल्लाहकार बुद्धि बहादुर थापा, रेडियोका संस्थापक अध्यक्ष नारायण श्रेष्ठ, वर्तमान अध्यक्ष ऋषेश्वर भुवाई ऋतु,  पत्रकार महासंघघ तनहुँका उपाध्यक्ष अस्मिता खनालले संयुक्त रुपमा क्यालेण्डर बिमोचन गरेका हुन् ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष एवम् सल्लहकार थापा रेडियोले गर्दै आएका कार्यलेले समाजमा सकरात्मकता छाएको बताउदै आगामी दिनमा थप प्रभावकारी ढंगले अगाडी बढ्नुपर्नेमा जोड दिए । संस्थापक अध्यक्ष श्रेष्ठले टेबुल पात्रोले रेडियोको उपस्थिती र प्रचारमा सहयोग पुग्ने विश्वास व्क्त गरे । रेडियोका अध्यक्ष  ऋषेश्वर भुवाई ऋतु अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्टेसन मेनेजर राजन उपाध्ययाले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस