• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
  • 11:00:22
  • ON AIR
  • UP NEXT

तनहुँ सेवाले सुलभ मुल्यमा सम्पूर्ण शरिर परिक्षण गर्ने

दुलेगौंडा, २ असोज । शुक्लागण्डकी–४ दुलेगौंडामा रहेको तनहुँ सेवा हस्पिटलले चाडपर्वको अवसरमा सुलभ मुल्यमा सम्पूर्ण शरिर परिक्षण गर्ने भएको छ ।


हस्पिटलले आइतवार दुलेगौंडामा पत्रकार सम्मेलन गरि चाडपर्वमा हुने खानपिनका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले परिक्षण अभियान सञ्चालन गर्ने जनाएको हो । मृगौला र  कलेजोको परिक्षण लिपिड प्रोफाइल, रगतको मात्रा र गुणस्तर, रगतमा चिनिको मात्रा, छातीको एक्सरे, रक्तचाप लगायत परिक्षण गरिने हस्पिटलका मेनेजर सृजना आचार्यले जानकारी दिईन् । यि लगायतका परिक्षण कुल १ हजार ५ सय रुपैयामा परिक्षण गरिने उनले जानकारी दिईन । ‘सबै परिक्षण फरकफरक गर्ने हो भने करिव २ हजार ७ सय रुपैया लाग्छ,’ उनले भनिन–‘प्याकेजमा गर्दा सुलभ मुल्यमा गर्न लागिएको हो ।’


सो अवसरमा बोल्दै बालरोग विशेषज्ञ डा. प्रदिप भट्टराईले समय समयमै शरिरको अवस्था परिक्षण गर्नाले ठूला रोगबाट बच्न सकिने बताए । प्रसुती रोग विशेषज्ञ भिवा महतो र पेट मुटु तथा छाती रोग विशेषज्ञ डा. रोशनी गुरुङले वैज्ञानिक आविस्कारसँगै रोगहरुको निदान भई उपचार गर्न सकिने बताए । 


हस्पिटलका अध्यक्ष हरि खड्काले नियमित रुपमा सबैले स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिए ।  ‘हामीले प्रयोग गर्ने सवारी साधनलाई नियमित सर्भिसीङ गछार्,ै’ उनले भने–‘तर हामी आफैको  नियमित जाँच नगर्दा रोगको निदान नभई मृत्युको मुखमा पुग्ने गरेका छौं ।’ वि.स. २०७१ सालमा स्थापित हस्पिटल ५० शैय्याको क्षमता छ । हस्पिटलले सुरक्षित मातृत्व सेवा लागि अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यक्रममा हस्पिटल सञ्चालक समितिका सदस्य, चिकित्सक, पत्रकार, विरामी लगायतको सहभागिता रहेको थियो । 
 

प्रतिकृया दिनुहोस