• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
  • 06:41:14
  • ON AIR Nepali Bahas
  • UP NEXTShuklagandaki Samachar

निष्ठाको भोकले बहुलाएका डाक्टर केसी

ईमान, जमान र नैतिकता सर्मित समाजमा निष्ठा आदर्श र सदाचार सधैं उपहास, खिल्ली र हसिमजाकको विषय बन्ने गर्छ , दृष्टान्त हुनेगर्छ सत्ता, भत्ता र स्वार्थले उन्मात्त वर्ग र समुहको लागि । समाजमा न्याय, समानता र इमानको दियो जलाउने विरलै पात्र भेटिन्छ त्यस्तै एउटा पात्र र प्रतीक हुन डाक्टर गोविन्द केसी । राज्यले गरेको बेइमानी र झुठ धोकासँग पौठेजोरी खोज्ने र जीवन दाउमा राखेर भोकै मर्ने संकल्प गर्ने जोदाहा पागल मनुवा हुन डाक्टर केसी । राज्यले गरेको सम्झौता र प्रतिबद्धता जति बेला उलंघन हुन्छ तब यिनको दिमागको पारो तात्छ बोल्छ्न, लेख्छ्न म अब अनशन बस्छु ।

यिनको अनशन बस्ने घोषणाले धेरैलाई निन्द्रा लाग्दैन । ठुला ठुला पावर सेन्टरमा खैलाबैला सुरु हुन्छ अनि यी माथि चौतर्फी हमला सुरु हुन्छ गोविन्दे बहुला हो । दिमाग ठिक नभएको मान्छे हो, सन्की हो । सरकारको कर्मचारी भएर सरकारको बिरोधमा उत्रने अराजक हो, नाथे सरकारी कर्मचारी हो । यावत कुराहरु बाहिर आउछ्न । देशका प्रधानमन्त्री सम्म यिनको उछितो काढन उद्दत रहन्छ्न तर कसैको गाली, धम्की ,उपेक्षा ,अपमान र आक्रमणले यिनको प्रतिबद्धता र न्यायको लडाइँ रोकिन्न बरु झन दृढ खरो र ओजस्वी भएर प्रस्तुत हुन्छन् । आफ्नो आक्रोश र आवेग सत्याग्रह मार्फत शान्त पार्छन । भोकै बसेर थर्काउँछन पहलमान सत्ता र विकृतिका पहाडहरुलाई ।

पहरासग कुइनोको लडाइँको संकेत गरिन्छ शुरु शुरुमा यिनको दुश्हासलाई १ चौरासी ब्यन्जन र मार्सी चामलको भात डकार्नेहरु गोविन्दको भोक देखि खुब अत्तालिन्छ्न, भोको बसेर शरीर कमजोर बनाउछ्न डाक्टर केसी तर आत्मवल र नैतिकता अरुको निर्वल र दुर्वल बन्दै जान्छ अनि यसरी बर्बराउछ्न । नाथे १ सरकारी कर्मचारी डाक्टर के सी जनताले तिरेको तिरोबाट तनखा बुझेर राजनीति गर्छ । जनता जवाफ फर्काउँछन ‘तिमी मन्त्री प्रधानमन्त्री ससुरालीको खेतबारीमा फलेको पैसाको रुखबाट तलव भत्ता खाएर मेडिकल ब्यापार गर्छौ । त्यसैले गोविन्दे बहुला हो, फटाहा हो, अयोग्य प्राध्यापक डाक्टर हो ।

यो नाथे १ सरकारी जागिरेको भोकले तिम्रो सुरुवाल चै किन बारम्बार भिजाउछ रु यदि हिम्मत भए डाक्टर के सी गलत छन भने यति शक्तिशाली सरकारले कारवाही गर्न किन सक्तैन रु बर्खास्त गर डाक्टर केसीलाई रु डाक्टर केसीलार्इ कारवाही गर्न त उच्च श्रेणीको नैतिकता र ईमान चाहिन्छ । बलियो आत्मवल र सुकर्म चाहिन्छ । डाक्टर केसी भोकै सुत्दा थुरथुरी हुने तिम्रो आत्मवल र नैतिकता देख्दै चाल पाइएको छ । जनताको प्रश्न हुन्छ यिनको बिरोध गर्ने पात्र र प्रवृति प्रति । यी  पागल मनुवाले बाल्यकालमा कुनै दिन कतै चौथीको पर्व पारेर कांक्रा चोरेका थिए कि रु स्कुस उखेलेका थिए कि रु या घरको ढोकामा सिस्नो झुन्डयाएका थिए कि रु यसो खोजौ न यिनको बिरोध गर्न ठुलो मसला पो हुन्थ्यो त रु चोर डाक्टर केसी भन्न र नारा लगाउन सराप्न पाइन्थ्यो । ठुलै अपराधी करार गरेर मेडिकल माफियाहरुको धाप र द्रव्यलाभ पनि मिल्थ्यो । डाक्टर केसी को कारण मेडिकल पढ्न विद्यार्थी बाहिर गए र राज्यको नोक्सानी भयो रे विज्ञहरुले प्रस्तुत गरेको तथ्यांक पनि हेरौं ।

देशमै पर्याप्त भइसकेका बाणिज्यशास्त्र, समाजशास्त्र, इन्जिनियरिङका कलेजहरूले  ४० अर्बको पूँजी पलायन रोक्न नसकेको देखिन्छ भने एमबिबिएसका लागि दुई अर्बभन्दा पनि कम पूँजी बाहिरिँदैमा केसीलाई विदेश पठाउने एजेन्टका मतियार बनाइहाल्ने हतारोका पछाडि लुकेको स्वार्थ बुझ्न त्यति गाह्रो छैन । मिथ्या आरोपको पछाडिको स्वार्थ हो मेडिकल कलेज नामको दोकान गरेर प्रशस्त द्रव्य आर्जन गर्ने र मोज गर्ने । गोविन्द केसीलार्इ लाग्ने अर्को आरोप पनि छ । अस्पताल खोलेर सेवा गर्न दिएन । यसमा धेरैलाई भ्रम छ गोविन्द केसीको कारण अस्पताल खोल्न नपाएको होइन , अस्पताल खोलेर सेवा गर्न छूट छ तर अस्पताल मापदण्ड भित्र हुनुपर्छ अस्पताल दुर दराजका गाउँ घरमा पनि होस ।

अस्पताल खोलेर सेवा गर्न पाइन्छ तर गुणस्तर हिन मेडिकल कलेज जथाभावी खोलेर व्यापार गर्न पाइदैन हुँदैन भनेर भनेका हुन । राज्यको शिक्षा निति मर्यादित र गुणस्तरीय हुनुपर्छ अझ स्वास्थ्य शिक्षा जस्तो संबेदनसिल विशय र कुरा झन विशेष र उच्चस्तरीय हुनुपर्छ । जनताको ज्यु ज्यानसँग सम्बन्धित विषय पैसा आर्जन गर्ने ब्यापार ब्यावसाय होइन । सामान्य व्यापार ब्यावसायमा त इमानदार र नैतिकताको पक्ष ख्याल गरिन्छ हुनुपर्छ भने स्वास्थ्य सेवा, स्वास्थ शिक्षा जस्तो विषयको गम्भीरता ख्याल ख्यालको कुरा होइन, बनाइनु हुँदैन राज्यको विशेष नजर र जिम्मेवारी रहन्छ हुनुपर्छ ।

देश कसैको सनक र लहडमा चल्ने होइन थितिबाट संचालित हुनुपर्छ । डाक्टर केसीको ढिट थितिको लागि हो ब्यक्तिको लागि उनले केही अपेक्षा गरेका छैनन् उनका माग समग्र देशको लागि हो । उनका माग र आन्दोलन सग नझुकेको र सम्झौता नगरेका कुनै पार्टी र प्रधानमन्त्री छैनन् तसर्थ उनीसँग भएको सम्झौता राज्यको सम्पत्ति हो जसको पालन गर्नु राज्यको दायित्व हो । परम कर्तव्य हो । आफ्नो कर्तव्यबाट राज्य चुक्नु हुँदैन । यदि सानो समुहको छुद्र स्वार्थ र खुद्रा स्वार्थ लागि डाक्टर केसी परिचालित छन् भने उनको उपेक्षा गर्नुपर्छ तर आजसम्म जे जति कुरा भए जुन जुन सरकारले उनका माग सम्बोधन गर्ने वचन बद्धता देखाए लिखित सम्झौता गरे त्यसबाट पनि थाहा लाग्छ कि राज्यले १२ पटकसम्म गरेको सम्झौता अपरिपक्व निर्णय थिएन होइन रु केपी ओली आफैंले पहिलो कार्यकालको अन्तिम चरणमा गरेको सम्झौता र स्विकारोत्तीबाट ब्याक हुन मिल्दैन एउटा गम्भीर नैतिकताको तरबार पनि हो । जुन तरवार उहाँको टाउको माथि झुन्डिएको छ ।

डाक्टर केसी राज्यले आफुलाइ झुक्याएको बिरोधमा १५ औं सत्याग्रह जुम्लाको चिसो भुइँमा बसेर गरीरहेछ्न यसको प्रतिकात्मक अर्थ शायद राज्यले भेटन पर्छ । डाक्टर केसीको कर्णाली पुग्नुको स्वार्थ के हो रु कुन स्वार्थ र आग्रह बोकेर कर्णालीको जुम्ला पुगे केसी रु कि यो देश भित्रको भौगोलिक सिमा भित्र मात्र हो कर्णाली रु डाक्टर केसी जीवन मरणको दोसाँधमा छन यतिबेला कर्णालीको भुमिमा रु यी सामाजिक अभियन्ता के अब भोकै मर्छन रु राज्यले निष्ठाको धरोहरलाई भोकै मार्न सुहाउँछ रु ब्यक्तिको बाँच्न पाउने हक न राज्यले हरण गर्न पाउछ न डाक्टर केसीले । अस्पताल बन्द गरेर जनताको बाच्ने अधिकार हनन गर्न कुनै पनि बहानामा कसैले  पाउँदैन । राज्य यो कुरामा बढी सम्वेदनशिल हुनु जरुरी छ ।

एउटा ब्यक्ति समूह र पार्टी भन्दा राज्यको दायित्व बढी हुन्छ फराकिलो हुन्छ । फराकिलो राजमार्गमा सुख शान्ति र समृद्धी सपना लिएर सवार हुने कि केही स्वार्थ समूह हितको सागुरो गल्लीमा रु रोजी सम्माननीय प्रधानमन्त्रीको । लोक कल्याणकारी राज्यको अवधारणा भित्र शिक्षा र स्वास्थ्यको ब्यापार  शोभनीय हुन्न । शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिएर यसमा भएको त्रुटी, निजीकरण रोक्न साह्सिक निर्णय गर्न प्रधानमन्त्रीको खुट्टा बलियो बनोस । शिक्षा र स्वास्थमा भएको निजीकरण रोक्न डाक्टर केसी प्रधानमन्त्री सँगै नारियुन शुभकामना । (लेखकः डाक्टर केसी अभियानका अभियानकर्मी हुन् )

प्रतिकृया दिनुहोस