• शुक्रबार १-२८-२०८१/Friday 05-10-2024
  • 09:34:22
  • ON AIR shruti Sambeg
  • UP NEXTShuklagandaki Samachar

बजार क्षेत्रमा पृथ्वीराजमार्ग विस्तार चाडो सम्पन्न गर्न वडा व्यवस्थापन समितिले नगरलाई दबाब दिने

दुलेगौंडा, १५ बैशाख । बजार क्षेत्रमा पृथ्वीराजमार्ग सडक निर्माण कार्य चाडो सम्पन्न गर्न शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं। ४ ले नगरपालिकालाई दबाब दिने भएको छ ।  
आइतवार विहान १० बजे शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा सम्बन्धीत पक्ष÷निकाय संग यथाशिघ्र वार्ता, छलफल गरि निकास निकाली निर्माण कार्यलाई अधि बढाई व्यापार व्यवसाय लाई संचालन गर्न सहज बनाउन शान्तिपूर्ण दवाव मुलक कार्यक्रम आयोजना गरिएको सचिव बालकृष्ण विकले जानकारी दिए । 
नगरपालिकाको मुटु व्यापारिक केन्द्र बिशेष गरि कोत्रे, गाछेपानी, दुलेगौंडा, बेलचौतारा, खैरेनीसम्मको सडक निर्माण कार्य लामो समयदेखि सम्पन्न नभएकोमा  अत्याधिक धुलोका कारणले गर्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर परेकाले ध्यानाकर्षण गराउन लागिएको हो । 
जिम्वेवार स्थानीय सरकार शुक्लागण्डकी नगरपालिकाले समयमै पहल नगर्दा केहि व्यक्ति÷घरहरुका कारणले विद्युत विस्तार कार्य रोकिन गई सडक निर्माण कार्यमा ढिलाई भएको भन्ने बुझिन आएकाले सम्बन्धित व्यक्तिसँग् वार्ता र छलफल गरि निकास निकाल्नुपर्नेमा वडा व्यवस्थापन समितिले जोड दिएको छ ।

प्रतिकृया दिनुहोस