• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
  • 06:22:14
  • ON AIR Lok Chautari
  • UP NEXTShuklagandaki Samachar

भित्रिबजारमा ऋद्धि सिद्धि पूजा सामाग्री भण्डार


दुलेगौंडा, १५ बैशाख । यसअघि शुक्लागण्डकी–२ कोत्रे बजारमा सञ्चालित ऋद्धि सिद्धि पूजा सामाग्री भण्डार शुक्रवारदेखि वडा नंं ४ दुलेगौंडास्थित भित्रिबजार हेल्थपोष्टचोबाट सञ्चालनमा आएको छ । राजमार्ग विस्तारको क्रममा धुवाँ र धुलोको समस्याले गर्दा भित्रिबजार क्षेत्रमा आएको सञ्चालक युवा पण्डित ऋषिराम पौडेलले जानकारी दिए । 


भागवत रसिक समेत रहेका पौडेलले पेशासँगै व्यवसायलाई पनि निरन्तरता दिएका हुन् । पहिलो पटक व्यवसाय शुरु गरेका हुन् ।  सो भण्डारमा पूजाका सामानसँगै ज्योतिष परामर्श सेवा पनि उपलब्ध हुदै आएको अर्का सञ्चालक रितु लम्साल पौडेलले जानकारी दिइन् । उनका अनुसार शुभ विवाह, सप्ताह, एकाह, रुद्री, ब्रतबन्ध, घर पैचो, सत्यनारायण, चौरासी, नवग्रह रत्न पूजा, विभिन्न देवीदेवताका मूर्ति र माटाका सम्पूर्ण भाँडा उपलब्ध छन् ।  
 

प्रतिकृया दिनुहोस