• आइतबार ४-१०-२०८३/Sunday 07-26-2026
  • 03:33:38
  • ON AIR
  • UP NEXTBhakti Darshan

मनराजलाई उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश संयोजकको जिम्मेवारी

दुलेगौंडा, ०१ पुष । 
उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश संयोजकको जिम्मेवारी शुक्लागण्डकीका मनराज गुरुङले पाएका छन् । पार्टीले मनराजलाई प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । यसअघि केन्द्रीय सदस्यसमेत रहेका कुशल गुरुङ नै गण्डकी संयोजकको भूमिकामा थिए । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का पूर्ववडाध्यक्ष रहेका मनराजले मंसिर १६ गते मात्रै नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका हुन् । अखिल क्रान्तिकारी इकाइ कमिटी जनप्रेमी मावि फिरफिरेको अध्यक्ष हुदै माओवादी विचारमा आबद्ध भएका उनले २० वर्ष पार्टीमा बिताए । जेन–जी आन्दोलनमा उठाएका युवाहरुको मुद्वामा पार्टीको भूमिका र नेतृत्व परिवर्तनमा आवाज उठाइरहेका उनी १६ घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि झनै असन्तुष्ट भए । त्यसैको कारण पार्टी छाडेका उनी हप्ता दिन पहिले उज्यालो नेपालमा खुलेका हुन् । उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ संरक्षक रहेको पार्टीले शनिबार गण्डकी भेला गरेको थियो ।
 

प्रतिकृया दिनुहोस