• शुक्रबार ६-९-२०८३/Friday 09-25-2026
  • 04:37:18
  • ON AIR
  • UP NEXTBhakti Darshan

जिपी अस्पतालमा आँखा शिविर सम्पन्न, कार्तिक ८ गते शिविर नहुने

दुलेगौंडा, ८ असोज । लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौँडा खैरेनी सिटीको आयोजनामा विहिवार सम्पन्न आँखा शिविरमा १ सय जनाको निशुल्क परिक्षण गरिएको छ । 
शुनपा–५ स्थित जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हिमालय आखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा २ जनालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । 
शिविर सम्पन्न गर्न हिमालय आँखा अस्पतालको चिकित्सक टोलीले प्राविधिक सहयोग गरेको थियो। । यसैबीच, आगामी कात्तिक ८ गते बडादशैंको पूर्णिमा परेकाले सो दिन नियमित आँखा शिविर सञ्चालन नहुने क्लवले जनाएको छ । क्लवले प्रत्येक महिनाको ८ गते सो अस्पतालमा शिविर सञ्चालन गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस
↑