शुक्लागण्डकीमा बजाज चेतक इलेक्ट्रिक स्कुटरका चालकहरूको सामुहिक यात्रा
दुलेगौंडा, १७ असोज । बजाज चेतक इलेक्ट्रिक स्कुटरका चालकहरूले शुक्लागण्डकी–४ दुलेगौंडा देखि शुनपा–१ को सेरावेशीसम्म सामुहिक यात्रा गरेका छन् ।
दुलेगौंडास्थित शुभेच्छा अटो वक्र्सबाट स्कुटर खरिद गरेका दुइ दर्जन बढि सो यात्रामा सहभागी भएका हुन् ।
उकालो ओरालोको यात्रा र इलेक्ट्रिक स्कुटर खरिद गरि सञ्चालन गर्दाको अनुभव एक आपसमा साटासाटा गर्ने उदेश्यले सामुहिक यात्रा कार्यक्रम गरिएको सञ्चालक शरद श्रेष्ठले जानकारी दिए । दुलेगौंडाबाट यात्रा शुरु गर्नुअघि बजाज चेतक इलेक्ट्रिक स्कुटरका तीन वटा मोडेल २५०१, ३५०३ र ३५०१ सार्वजनिक गरिएको थियो । यि स्कुटर शुन्य प्रतिशत ब्याजमा खरिद गर्न सकिने श्रेष्ठले बताए ।
बजाज चेतक इलेक्ट्रिक दुईपाँग्रे सेग्मेन्टको एक अग्रणी ब्राण्ड हो । जसले आफ्नो ऐतिहासिक विरासतलाई टिकाउपन, शैली र स्मार्ट कनेक्टिभिटीसँग संयोजन गरेको छ । क्लासिक डिजाइनलाई आधुनिक पर्फर्मेन्सको उत्कृष्ट सम्मिश्रण रहेको चेतक नेपाली बजारमा सर्वाधिक भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित छ ।









प्रतिकृया दिनुहोस