• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
  • 02:45:08
  • ON AIR
  • UP NEXTBhakti Darshan

काङग्रेस तनहुँ २ को क्षेत्रीय सभापतिमा जितराज राना निर्वाचित

दुलेगौंडा, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जितराज राना निर्वाचित भएका छन् । रानाले ७ सय २१ मत प्राप्त गर्दै निर्वाचित भए ।  उनका प्रतिस्पर्धी रसामाया गुरुङले २ सय ७४ मत प्राप्त गरिन् । राना ४ सय ४७ मतान्तरले विजयी भएका हुन् । 
सहसचिवमा शिवराज रेग्मी निर्वाचित भए । रेग्मीले ५ सय ६१ मत प्राप्त गरे भने  उनका प्रतिस्पर्धी उमानाथ पाठकले ३ सय मत ल्याए ।  मंगलवार मतदान भएकोमा बुधवार मगतणना शुरु गरिएको थियो । तनहुँ क्षेत्र नम्बर २ मा कुल १ हजार १४० जना मतदाता रहेका थिए। तीमध्ये १ हजार ९६ जनाले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस
↑