• बिहीबार ७-२०-२०८३/Thursday 11-05-2026
  • 07:22:00
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTFilmy Song

शुक्लागण्डकीमा बजार अनुगमन, अखाद्य र म्याद गुज्रिएका भाईमसला बरामद

दुलेगौडा, १९ कार्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिकाले तिहार पर्वलाई लक्षित गर्दै बजार अनुगमन शुरु गरेको छ । बुधवार दुलेगौंडाका विभिन्न पसलमा अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रिएका भाईमसलाका साथै प्लाष्टिकका फूल जफत गरिएको छ । राजश्व शाखा प्रमुख रामचन्द्र सुवेदीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा रङ मिसाएर बनाइएका झिलिङ्गा समेत जफत गरिएको सुवेदीले बताए । ‘अधिकांश बिग्रेका बदाम मिसाएर चकलेट, नरिवल लगयातका बस्तु राखेर आकर्षक प्योकटमा महंगो मुल्यमा विक्रिका राखिएका भाईमसाला जफत गरि विक्रि नगर्न भनेका हौं,’ सुवेदीले भने, ‘तिहारमा उपहारस्वरुप दिने यस्ता बस्तुले हाम्रो स्वास्थ्यमा असर पु¥याउनु भएन ।’ 
यसअघि शुक्लागण्डकी नगरपालिकाले सुचना निकालेर अखाद्य र म्याद गुज्रिएका भाईमसलाका साथै प्लाष्टिकका फूल विक्रि वितरण नगर्न अपिल गरेको थियो । अनुगमनमा नगर प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस
↑