• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 01:08:47
  • ON AIR
  • UP NEXTBhakti Darshan

लायन्स महोत्सवमा ७० प्रतिशत स्टल बुकिङ

दुलेगौडा, १९ भदौ । तनहुँको शुक्लागण्डकी–५, बेलचौतारामा हुने प्रथम लायन्स महोत्सवमा ७० प्रतिशत स्टल बुकिङ भएको छ । लायन्स क्लव अफ तनहुँ शुक्लागण्डकी टाउनको आयोजनामा असोज १९ देखि २७ गतेसम्म महोत्सव हुदै छ । 


भानुभक्त बहुमुखी क्याम्पस परिसर बेलचौतारामा हुने महोत्सवको तयारी तिव्र भइरहेको क्लवका अध्यक्ष प्रदिप थापाले जानकारी दिए । उनले अहिले प्रचार प्रसारको काम भइरहेको बताए । ‘एफ.एम., पत्रपत्रिका, टेलिभिजन र अन्य माध्यमबाट प्रचार गरिरहेका छौं,’ उनले भने– ‘सञ्चारमाध्यमले पनि हामीलाई राम्रौ स्थान दिएका छन् ।’ उनका अनुसार संघसंस्था र कलाकारसँगको सम्झौता पनि अन्तिम चरणमा पुगेको छ । थापाले महोत्सवको तयारी र जानकारीका लागि शुनपा–१२ स्थित पर्यटकीय गाउँ घरेडीमा यहि साता बैठक राखिएको उल्लेख गरे । 


सामाजिक सेवा सँगै आर्थिक विकासको पूर्वाधार, लायन्स महोत्सव सम्वृद्व शुक्लागण्डकीको आधार भन्ने मुल नारासहित ९ दिन सम्म चल्नेछ । महोत्सवमा स्वास्थ्य शिविर, सेवामुलक स्टल र व्यवसायिक स्टल, कृषि, हस्ताकला तथा घरेलु उत्पादनको प्रदर्शन तथा विक्रि र मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । महोत्सवमा २ सय १ स्टल राखिने छ भने २ करोडको कारोबार ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान छ ।


शुक्लागण्डकीमा रहेका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन महोत्सव कोशेढुंगा सावित हुने निर्वतमान अध्यक्ष  दिर्घ बहादुर थापाले बताए ।  महोत्सव अवधिभर दैनिक विभिन्न बिद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण, सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुको सम्मान लगायतका कार्यक्रम गरिने थापाको भनाइ छ ।  


अन्य महोत्सवको तुलनामा रचनात्मक, सकारात्मक महोत्सव हुने प्रवत्ता एवम् क्लबका संस्थापक अध्यक्ष दुर्गा कुमार श्रेष्ठले बताए । ‘हामीले महोत्सबाट प्राप्त गरेको मुनाफा संस्थागत विकासका लागी नभइ समाजिक क्षेत्रमा नै खर्चनेछौ’ श्रेष्ठले अगाडी थपे, ‘मुनाफाका लागी महोत्सव गर्न लागिएको हैन । तसर्थ अन्य महोत्सवसँग दाज्न मिल्दैन् ।’ वडादशैको अगाडी भएकाले पनि दर्शकको उपस्थिति राम्रो हुने उनको भनाई थियो । 
 

प्रतिकृया दिनुहोस