• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 06:15:13
  • ON AIR Tol Tolma Shuklagandaki (Repeat)
  • UP NEXTShuklagandaki Samachar

शुक्लागण्डकी सहकारी संघमा रेशमलाल

दुलेगौंडा, १९ फागुन । नगर भित्रका सहकारीका प्रतिनिधीहरुको भेलाले शुक्लागण्डकी सहकारी संघ गठन गरेको छ ।

म्याग्दे–६ मुलबराहीमा शनिवार भएको भेलाले शुलभ साकोसका अध्यक्ष  रेशमलाल पौडेलको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तारादेबी अधिकारी ( साना किसान ) ,सचिबमा  हरिराज अधिकारी ( बेलचौतारा साकोस  ) कोषाध्यक्षमा  मान कुमार तिम्ला ( उन्नति कृषि ) रहेका छन् ।

सदस्यहरुमा बिरेन्द्र कुमार श्रेष्ठ ( मिलन साकोस ), शुसिला गुरुङ ( खैरेनीटार  महिला ) , हरि तिम्सिना (सहज साकोस ) ,श्याममाया राना (रुपान्तर कृषि )  रामजी पौडेल ( नेपाल साकोस ) रहेका छन् । सोहि अवसरमा सहकारीको अवस्था, चुनौती र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा अन्तरक्रिया गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस