• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 01:33:04
  • ON AIR
  • UP NEXTBhakti Darshan

तीजको दिन दुलेगौडामा सम्झना भण्डारीको प्रस्तुती

दुलेगौडा, भदौ २५ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौडा बजार इकाइको आयोजनामा हुने खुल्ला तीज गीत प्रतियोगिताको तयारी तिव्र पारिएको छ । लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गरौ, हरितालिका तीज पर्व भव्य रुपमा मनाउ भन्ने नाराका साथ हुने प्रतियोगिताको तयारी तिब्र पारिएको प्रतियोगिता संयोजक रोजिना खातुनले बताइन् । हरितालिका तीजको दिन दुलेगौडामा हुने प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतिय हुनेले क्रमशः २१ हजार, १४ हजार, ७ हजारसँगै प्रमाणपत्र पाउने खातुनले जानकारी दिइन् । सान्त्वना हुने समुहलाइ ३ हजार, उत्कृष्ट नृत्य र भेषभुषालाइ १ हजार ५ सय प्रदान गरिनेछ ।  १५ समुहले सहभागिता जनाउने आयोजकको अनुमान छ ।

]यस्तै उक्त दिन चर्चित लोकदोहेरी गायिका सम्झना भण्डारीको प्रस्तुती रहने भएको छ । पछिल्लो समय देश विदेशमा हुने गरेका स्टेज कार्यक्रममा व्यस्त सम्झनाका तीज गीतहरु बत्ती बाल्नै पर्दैन, हरियो बत्ती, यहि माया हो, तीजका गीत खत्तम लगायत चर्चित छन् । स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने जनाइएको छ ।  
 

प्रतिकृया दिनुहोस