• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 12:47:56
  • ON AIR
  • UP NEXTBhakti Darshan

दुलेगौंडामा कैलाश विकास बैंकको शाखा

दुलेगौंडा, २६ भदौ । कैलाश विकास बैंकले सोमवार तनहुँको शुक्लागण्डकी–४, दुलेगौडामा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले उद्घाटन गरे । 

उद्घाटनको अवसरमा मेयर गुरुङले बित्तिय संस्थाहरु जनतामुखी हुनुपर्नेमा जोड दिए । ग्राहकको आवश्यकतालाई ध्यान दिदै कर्जा लगानी गर्नुपर्ने उनले बताए । ‘दुलेगौंडामा बित्तिय संस्था बढ्दै जानु आर्थिक गतिविधि बढ्नु पनि हो उनले थपे–जसले गर्दा समृद्धितर्फ लैजान सहयोग पुग्दछ ।’ जतिसुकै कारोबार गरेपनि बचत हुदैन भने घर आँगनमा आएको बैंकबाट प्रगति नहुने मेयर गुरुङको भनाई थियो । कृषि क्षेत्रमा लाग्नेलाई वित्तिय संस्थाले उत्साह थप्नुपर्नेमा जोड दिदै उनले उत्पादन विना समृद्धि हासिल गर्न नसक्ने प्रष्ट पारे । उनले कुनै पनि क्षेत्रमा विना योजना लगानी गर्न सुझाव दिए । बैंकको हालसम्म ६७ वटा शाखा सञ्चालनमा रहेको सह–महाप्रवन्धक सुर्य प्रसाद तिवारीले जानकारी दिए । निकट भविष्यमा भिषा कार्डको शुभारम्भ गर्ने उनले सुनाए । 

शुक्लागण्डकी–४ का अध्यक्ष शिव कुमार श्रेष्ठ, ८ का अध्यक्ष कृष्ण रेग्मीले जनताको मन जित्ने गरी सेवा प्रदान गर्न आग्रह गरे । गणपति माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अच्यूतराज सापकोटा, अरनिको आवासीय माविका शिव बहादुर कार्की, कैलाश विकास बैंक न्यूरोड शाखाका प्रमुख बुद्धिराज बराल, बैंकका कर्मचारी अम्विका शर्मा लगायतले बैंकले आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताएका थिए । 

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग,  ईन्टरनेट, बैंकिङ्ग,  शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स लगायतका सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । बैंकको तनहुँमा दुलेगौंडासँगै दमौली, डुम्रे र आबुखैरेनी शाखा रहेका छन् । 
 

प्रतिकृया दिनुहोस