• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
  • 08:51:23
  • ON AIR BBC Nepali Sewa Saj Pakha
  • UP NEXTManko Aawaj

अनिता र सुक फिर्चड ‘तिमीलाइ मैले’

दुलेगौँडा, असोज १० । 
गीतकार थम बहादुर फगामीको लोक आधुनिक गीत ‘तिमीलाइ मैले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दुई बर्ष अगाडी अडियो सार्वजनिक गरिएको गीतको भिडियो हाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । कमल क्रियशनले गीतलाइ बजारमा ल्याएको हो । जि पुनको  संगीत रहेको गीतमा अम्बिका पुनको स्वर छ  । 


माया गरेको मान्छेलाइ पाउन नसक्दा यादले सताउने हुदाँ दिएका चिनो फिर्ता लैजाउ भन्ने भाव गीतले पोखेको गीतकार एवंम निर्माता फगामीले बताए । अतितलाइ  सम्झेर रुनको अर्थ नरहेको गीतमा उल्लेख छ । ‘माया पिरतीमा आउने खटपट्लाइ भिडियोमा देखाइएको छ’, उनले भने, ‘दर्शक स्रोतको माया पाउने अपेक्षा गरेको छु ।’


मौसम पाइजा पुनको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोमा कञ्चन पुन सुक पुन र अनिता सोती मगर फिर्चड छन् । कमल पुनले खिचेका दृश्यको सम्पादक छवि राना हुन् । 
तनहुँको शुक्लागण्डकीस्थित सेती नदी किनारमा रहेको रकगार्डेन, कास्कीको सराङकोट, भुर्जुङखोला लगायतका स्थानमा ३ दिन लगाएर भिडियोको छायांकन गरिएको निर्माता फगामीले बताए । भिडियो

प्रतिकृया दिनुहोस