• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 05:14:56
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTBal Bagaicha

विर्सनाको नेतृत्वमा मृगौला पिडित कुमाललाई आर्थिक सहयोग

दुलेगौंडा, १० चैत । तनहुँको शुक्लागण्डकी–६, खैरेनीटारका मृगौला पिडित ३९ वर्षिय तिल बहादुर कुमाललाई आर्थिक सहयोग गरिएको छ । दुलेगौंडाकी व्यवसायी एवम् समाजसेवी विर्सना श्रेष्ठको नेतृत्वमा संकलित ३० हजार १ सय ७५ रुपैया शुक्रवार हस्तान्तरण गरिएको हो । 


परिवारका सबै सदस्यहरु विरामी भई आर्थिक रुपमा समस्या भएको थाहा पाएपछि साथीभाई र इष्टमित्रलाई आग्रह गरेर सो रकम संकलन गरिएको श्रेष्ठले जानकारी दिइन् । सोहि अवसरमा कार्यपालिका सदस्य खिम बहादुर कुमालले तिल बहादुरका छोराको अध्ययनमा सहयोग गर्ने उल्लेख गरे । उनी कक्षा ७ मा अध्ययनरत छन् । 


५ जनाको परिवार रहेको उनका परिवारमा बुबा ७० बर्षिय मानबहादुर कुमाल ४ बर्षदेखि ओछ्यानमा सुतिरहेका छन् ।  खुट्टा झमझमाउने लगायतका समस्याले उनी उभिन समेत सक्दैनन् । दुवै मृगौलाले काम नगरेपछि आमाले मृगौला दिएपछि २०७१ सालमा उनले प्रत्यारोपण गरेका थिए । नियमित औषधी सेवा गरिरहेका तिल बहादुर अहिले ज्वरोले ग्रसित छन् । छोरालाई मृगौला दिएपछि ६९ बर्षिय आमा टुकमाया कुमालको स्वास्थ्य कमजोर हुदै गएको छ । तिलबहादुरकी श्रीमती शान्ति कुमालपनि परिवारको अवस्थाले विरामी भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत छिन् ।  

सबैलाई औषधी उपचारमा मासिक रुपमा ठूलो रकम जोहोगर्नुपर्ने भएपछि उनीहरुलाई थप समस्या हुदै गएको हो । तिल बहादुरकी आमा टुक मायाले सानो सानो सहयोग सबैले गरिदिएमा आफूहरुलाई बाच्ने आशा पलाउने उल्लेख गरिन् । सहयोग रकमले आफूहरुलाई राहत पुगेको टुकमायाले बताइन् । 
 

प्रतिकृया दिनुहोस