• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 04:20:20
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar

एकै परिवारका ४ विरामी, सहयोगको याचना

दुलेगौंडा, १० चैत । तनहुँको शुक्लागण्डकी–६, खैरेनीटारमा एकै परिवमार ५ मध्य ४ जना विरामी परेका छन् । काम गर्न सक्ने सबै विरामीपरेपछि उपचारमा सहयोग गर्न याचना गरेका छन् । 


५ जनाको परिवार रहेको उनका परिवारमा बुबा ७० बर्षिय मानबहादुर कुमाल ४ बर्षदेखि ओछ्यानमा छन् ।  खुट्टा झमझमाउने लगायतका समस्याले उनी उभिन समेत सक्दैनन् । मृगौला फेल भएपछि आमाले मृगौला २०७१ सालमा दिएर छोरा तिल बहादुरले प्रत्यारोपण गरेका थिए । नियमित औषधी सेवा गरिरहेका तिल बहादुर अहिले ज्वरोले थलिएका छन् । मृगौला दिएपछि ६९ बर्षिय आमा टुकमाया कुमालको स्वास्थ्य कमजोर हुदै गएको छ ।   तिलबहादुरकी श्रीमती शान्ति पनि परिवारको अवस्थाले विरामी भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत छिन् । तिल बहादुरका छोरा कक्षा ७ मा पढ्छन् ।

पारिवारिक अवस्थाले उनको पढाईमा समते असर पर्दै आएको छ ।   औषधी उपचारमा परिवारका सबै सदस्यलाई मासिक रुपमा ठूलो रकम जोहोगर्नुपर्ने बाध्यताले उनीहरुलाई जीवन निर्वाह गर्न समस्या हुदै गएको छ । तिल बहादुरकी आमा टुक मायाले सानो सानो सहयोग सबैले गरिदिएमा आफूहरुलाई बाच्ने आशा पलाउने उल्लेख गरिन् । यसैबीच दुलेगौंडाकी व्यवसायी एवम् समाजसेवी विर्सना श्रेष्ठको नेतृत्वमा संकलित ३० हजार १ सय ७५ रुपैया शुक्रवार हस्तान्तरण गरिएको छ । सहयोग रकमले आफूहरुलाई राहत पुगेको टुकमायाले बताइन् । 
 

प्रतिकृया दिनुहोस