• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 03:06:01
  • ON AIR Nepal Khabar
  • UP NEXTFilmy Parda

विपीचोकको विपी शालिक निकालियो

दुलेगौंडा, ११ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ विपीचोकमा रहेको विपीको शालिक निकालिएको छ । पृथ्वीराजमार्ग विस्तारको क्रममा भत्कने भएपछि शुक्रवार शालिक निकालिएको नेपाली काङग्रेसले जनाएको छ । शालिक र पार्क बनाउने क्रममा सहगोग गर्ने दाताहरुको नामावली पनि निकालिएको छ । २०६५ साल भदौ २४ गते नेपाली काङ्ग्रेसका तत्कालिन कार्यबाहक सभापति शुशिल कोइरालाले विपीको प्रतिमा अनावरण गरेका थिए । शालिक २०६१ साल भदौमा निर्माण शुरु गरिएको थियो । 


राजमार्ग छेउमा रहेको सो शालिकलाई वडा नं. ८ स्थित पिस पार्कमा लैजाने विषयमा छलफल भइरहेको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । विपी सबैको साझा नेता हुनुहुन्छ, शालिक स्थानान्तरणको विषयमा सबैले साथ दिनुहुने छ, उनले भने । 


नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन् ।। पटक पटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो । कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए । उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए । क्यान्सर रोगबाट थला परेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
 

प्रतिकृया दिनुहोस