• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
  • 12:34:16
  • ON AIR Amaka Katha Chorika Sapana (Re-caste)
  • UP NEXTFataurika Guf

क्षयरोग दिवसमा शुक्लागण्डकीमा विरामीसँग अन्तरक्रिया, अण्डा वितरण

दुलेगौंडा, १२ चैत । ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइको छ ।  राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ । यसैगरी क्षयरोगकै कारण बर्सेनि १८ हजारको मृत्यु हुने तथ्याङ्कले देखाउँछ । क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा २२ जना क्षयरोगका विरामीले नियमित औषधी सेवन गरिरहेका छन् । आइतवार खैरेनीटार स्वास्थ्यचौकीमा क्षयरोगका विरामीहरुका समस्या र समुदायबाट भएको व्यवहारबारे अन्तरक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिवी थापाले जानकारी दिए । उनका अनुसार सोहि अवसरमा उनीहरुलाई एक÷एक क्रेट अण्डा प्रदान गरिएको छ । सरकारले क्षयरोग विरुद्धको औषधि निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ । क्षयरोगको जोखिममा कुपोषण भएका, ध्रुपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।
 

प्रतिकृया दिनुहोस