• सोमबार १-१७-२०८१/Monday 04-29-2024
  • 07:21:38
  • ON AIR BBC Nepali Sewa Bihani Sewa
  • UP NEXTSukhad Bihani

मालेबगर निवासी क्यान्सर पिडित रन माया थापालाई ६५ हजार सहयोग

दुलेगौंडा, १६ चैत । तहुँको शुक्लागण्डकी नगरपालिका वडा न. ८ मालेबगर निवासी क्यान्सर पिडित रन माया थापालाई ६५ हजार रूपैयाँ आर्थिक सहयोग गरिएको छ । 


खैरेनीटारकी महिला उद्यमी जोशिला थापाको नेतृत्वमा संकलित रकम विहिवार रनमायाको घरमा पुगि हस्तान्तरण गरिएको हो । केहि महिना अघि आन्द्रामा क्यान्सर रोग लागेर उपचाररत ५१ वर्षिय उनको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समेत समस्या हुदै आएको थियो । साथी भाई, इष्टमित्र, शुभेच्छुक र व्यवसायी गरि ४२ जना सहयोगीबाट संकलित रकम प्रदान गरिएको हो । महिला उद्यमी जोशिलाले सहयोगी प्रति सबैलाई धन्यवाद दिइन् । 
 

प्रतिकृया दिनुहोस